Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : आवतजावतमा सास्ती बेहोर्दे नागरिक, तस्बिर लिँदै आन्तरिक तथा विदेशी पर्यटक

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले वर्षाद्पछि हिलाम्य बनेको राँके–रबि भेडेटार सडक । पाँचथर, इलाम, धनकुटालगायत करिब एक दर्जन स्थानीय तहका गाउँ बस्ती जोड्ने सो सडक समयमै कालोपत्रे नहुँदा सवारी साधन सञ्चालन र आवतजावतमा नागरिकले सास्ती बेहोर्दे आएकादेखि भक्तपुर दरबार स्क्वायर परिसरमा तस्बिर लिँदै आन्तरिक तथा विदेशी पर्यटक सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

वर्षाद्पछि हिलाम्य बनेको राँके–रबि भेडेटार सडक । पाँचथर, इलाम, धनकुटालगायत करिब एक दर्जन स्थानीय तहका गाउँ बस्ती जोड्ने सो सडक समयमै कालोपत्रे नहुँदा सवारी साधन सञ्चालन र आवतजावतमा नागरिकले सास्ती बेहोर्दे आएका छन् ।भक्तपुर दरबार स्क्वायर परिसरमा तस्बिर लिँदै आन्तरिक तथा विदेशी पर्यटक ।चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालनमा रहेको २५ शैयाको ट्रमा सेन्टर । चितुवाको आक्रमण बढेपछि नियन्त्रणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ प्युघरमा खोर राखिँदै । बन्दीपुरमा चितुवाको त्रास बढेपछि सोही वडाको बाघदलेमा पनि खोर राखिएको छ ।जयपृथ्वी नगरपालिका– ६ अठालामा निमार्णधीन अवस्थामा रहेको सहिद वृषबहादुर सिंह बहुप्राविधिक शिक्षालय भवन ।वर्षातको सुरुआतमै हिलाम्य बनेको राँके–रबि–भेडेटार सडक खण्ड । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण कालोपत्रे भइसक्नु पर्ने यो सडक अहिले हिलाम्य छ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– ५ चापाघाटमा पहिराले जोखिमग्रस्त बनेको घर संरक्षणका लागि पर्खाल लगाइँदै ।पुनर्निर्माणको अन्तिम चरणमा रहेको म्याग्दीको सदरमुकाममा रहेको बेनीको ऐतिहासिक कोतघर । सात सय वर्ष पुरानो कोतघर बेनी नगरपालिकाले पुनर्निर्माण गरेको हो ।म्याग्दीको भगवती देखि चरनका लागि लेकमा लैजान मुस्ताङको कोवाङ लार्जुङ ल्याइपुर्‍‍याईएका भेडाका बथान । भेडालाई गर्मी बढेपछि लेक र जाडोमा बेँशीमा झार्ने चलन छ ।बर्खे धान खेतमा विषादी छर्किंदै दमकका एक किसान ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK