×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : ढुम्वा ताल परिसरमा पैदलमार्ग निर्माण, रनबाङमा रोपाइँ गर्दै किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : ढुम्वा ताल परिसरमा पैदलमार्ग निर्माण, रनबाङमा रोपाइँ गर्दै किसान

Artha Sarokar

३ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले मुस्ताङको घरपझोङ गाउँपालिकाको ढुम्वा ताल परिसरमा निर्माण भएको रेलिङसहितको पैदलमार्ग । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले ८५ मिटर पैदलमार्ग र पहिरो रोकथामका लागि ४० थान ग्याविन जाली भरेर पर्खाल बनाएकोदेखि म्याग्दीको मङ्गला गाउँपालिका–२ रनबाङमा ट्र्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै स्थानीय किसान सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

मुस्ताङको घरपझोङ गाउँपालिकाको ढुम्वा ताल परिसरमा निर्माण भएको रेलिङसहितको पैदलमार्ग । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले ८५ मिटर पैदलमार्ग र पहिरो रोकथामका लागि ४० थान ग्याविन जाली भरेर पर्खाल बनाएको छ ।म्याग्दीको मङ्गला गाउँपालिका–२ रनबाङमा ट्र्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै स्थानीय किसान ।सप्तरीको राजविराजस्थित राजरङ्गशालामा चर्दै गरेको गाईगोरु । यो राजरङ्गशालालाई हालसम्म नगरपालिका र सम्बन्धित निकायले व्यवस्थि गर्न नसकिएका कारण गौचरणका रुपमा परिणत भइरहेको छ ।म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको सरस्वती आधारभूत विद्यालयका विद्यार्थी विद्यालयले दिएको दिवा खाजा खाँदै । असहाय र अतिविपन्न परिवारका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थी दिवा खाजाको भरमा दिन विताउने गर्दछन् ।अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा स्थानीय उत्पादन लसुन, प्याज थन्क्याउन सफा गर्दै महिला ।वर्षाद्पछि मौसम खुलेको समयमा देखिएको दोलखाको चरिघ्याङ बजार ।चुरे क्षेत्र संरक्षणका लागि सिन्धुली जिल्ला दुधौली नगरपालिका–३,झुँगा नजिकै कमला नदी किनारस्थित रानीवासको १० हेक्टर खुला जमिनमा वृक्षरोपण गर्दै स्थानीयवासी । एकै दिन यस क्षेत्रमा मात्र १६ हजार बिरुवा रोपिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले जनाएको छ । लामो सयमदेखि पुतली सडकको मूल सडक र पेटीमा थुप्रिएको फोहर बिहानै उठाउँदै । सडक पेटीमा फोहर थुपार्दौ पैदलयात्रु भने सडकबाट हिँड्ने क्रम अन्त्य हुने भएको छ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट पुग्नका लागि सोही वडाको सिमबाट बनाइएको आकर्षक पदमार्ग ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी