Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : पर्यटकीय गाउँ भकुण्डेमा परम्परागत घर, रोपाइँपछि हरियाली खोकना फाँट

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा रहेको परम्परागत घर । पछिल्लो समय रैथाने वस्तु शैलीमा बनेका घर हराउन थालेकादेखि रोपाइँपछि हरियाली भएको ललितपुर महानगरपालिका–२१, खोकनास्थित फाँटसम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा रहेको परम्परागत घर । पछिल्लो समय रैथाने वस्तु शैलीमा बनेका घर हराउन थालेका छन् ।रोपाइँपछि हरियाली भएको ललितपुर महानगरपालिका–२१, खोकनास्थित फाँट ।चितवनको इच्छाकामनामा–४ स्थित ढलान गरिएको नाग्दीखोला– लामीडाँडा सडक । वागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सडक स्तरोन्नतिसहित ढलान गरिएको हो ।गए रातिदेखि परेको अविरल वर्षाका कारण आइतबार बिहान बाढीले बगाएको बेँसीशहर नगरपालिका– १ उदिपुरमा पर्ने डुम्रे बेँसीशहर सडकखण्ड । चालिस मिटर सडक बगाएपछि सवारी साधन थप्प भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आइतबार बिहान ११ः५० बजे पहिरा खस्दा सडक अवरुद्ध । सडक अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् ।गोकर्णेश्वर–२ भूमिस्थलीस्थित जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विसं २०७२ मा ठेक्का भई बिस्तार भएको स्थानमा सुकाइएको बिस्कुन । यो सडकको नयाँपाटी–सुन्दरीजल खण्ड जग्गा विवादका कारण अझै बिस्तार भएको छैन । सडक बिस्तार भएर बढेको भागमा कतै पार्किङ त कतै बिस्कुन सुकाइएको भेटिन्छ । सरोकार भएका निकायले कानूनी कारबाही नगर्दा दुर्घटनाको जोखिम बढेको छ ।बागलुङ नगरपालिका–१०, भकुण्डेस्थित बराहताल । समुन्द्री सतहदेखि एक हजार ३५० मिटरको उचाइमा अवस्थित उक्त ताल पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । तालमा डुङ्गा सयरको समेत सुविधा छ ।वर्षाद्पछि आइतबार बिहान आएको बाढीले तनहुँको भानु नगरपालिका–८,कुडुलेफाँट नजिक खोलामा राखिएको तीन वटा ह्युमपाइप बगाएरपछि क्षति भएको डुम्रे–बेशीसहर सडकखण्ड ।पाल्पाको रम्भा गाउँपालिका–१, सगाहाका किसानले फूलबाट दाना निकालेर घाममा सुकाएको सूर्यमुखी ।ललितपुर महानगरपालिका–२१, खोकनाका किसान खेत रोप्न धानको बीउ काढ्दै ।उत्तरी मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको जेफाले भ्यूटावर । चार तलाको यो टावर जेफाले क्षेत्रको मुख्य सेल्फी प्वाइन्ट भएको छ । भेडेटारबाट ३६ किलोमिटर र पालीका मुकाम केराबारी बजारबाट २४ किलोमिटर यात्रामा जेफाले पुग्न सकिन्छ । जेफालेलाई छिनछिनमा फेरिने मौसमको कारण मोरङको भेडेटार भन्ने गरिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK