काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी पुलस्थित जोरपाटी–सुन्दरीजल मूल सडक विस्तारका क्रममा करिब चार महिनाअघि बनाइएको खाडल जस्ताको त्यस्तै । विस्तारको काम रोकिँदा बनेको खाडल पनि यथावत् छ । खाडलमुनि ढल हालिएको छ । गत वर्ष कपनमा यस्तै खाडलमा परेर एक बालकको ज्यान गएको थियो । निर्माण स्थलमा धराप हुँदा सरोकार भएका निकायको ध्यान नगएकोदेखि धनकुटा र सुनसरीको सिमानामा टुसुक्क बसेको प्रदेश १ को पर्यटकीय क्षेत्र भेडेटारमा बेच्न राखिएका फलफूल, तरकारी, चुर्पी, मिठाइ, बिस्कुट र अन्य स्थानीय उत्पादन । भेडेटारको पर्यटन जत्तिकै चहलपहल यस्ता स्थानीय सामग्रीको किनमेल सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी पुलस्थित जोरपाटी–सुन्दरीजल मूल सडक विस्तारका क्रममा करिब चार महिनाअघि बनाइएको खाडल जस्ताको त्यस्तै । विस्तारको काम रोकिँदा बनेको खाडल पनि यथावत् छ । खाडलमुनि ढल हालिएको छ । गत वर्ष कपनमा यस्तै खाडलमा परेर एक बालकको ज्यान गएको थियो । निर्माण स्थलमा धराप हुँदा सरोकार भएका निकायको ध्यान गएको छैन ।धनकुटा र सुनसरीको सिमानामा टुसुक्क बसेको प्रदेश १ को पर्यटकीय क्षेत्र भेडेटारमा बेच्न राखिएका फलफूल, तरकारी, चुर्पी, मिठाइ, बिस्कुट र अन्य स्थानीय उत्पादन । भेडेटारको पर्यटन जत्तिकै चहलपहल यस्ता स्थानीय सामग्रीको किनमेलमा पनि देखिन्छ ।
हुम्लाको सदरमुकाम सिमकोटमा भेटिएको पाइप बम । बुधबार भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
गर्मीमा शीतलताका लागि दाङको दङ्गीशरण गाउँपालिका–४ स्थित बबई नदीमा पौडी खेल्दै युवा ।
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका सिलढुङ्गाका स्थानीय डोको बुन्दै । उहाँले यो कामबाट जीविकोपार्जनमा केही टेवा पुगिरहेको बताउनुभयो ।
दाङको तुलसीपुर उपमहामनगरपालिकाले जफत गरेका ठेला । सडकपेटी मिचेर ठेला व्यवसाय गरेपछि उपमहानगरपालिकाले ठेला जफत गरेर उपमहानगरपालिकाको प्राङ्गणमा राखेका छ । ठेला व्यवसायका लागि उचित स्थान नहुँदा तुलसीपुरमा ठेला व्यापारी मारमा परेका छन् ।
म्याग्दीको मङ्गला गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीयस्थल चिनाकोट धुरी जाने बाटोमा निर्माण गरिएको रेलिङसहितको पदमार्ग ।
तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दी बाराही मन्दिर नजिकै रहेको झरना ।
भक्तपुर नगरपालिका–२ इन्द्रायणी पीठको जगमग्न इन्द्रायणी ल्हो हिटी । इन्द्रायणी देवीलाई स्नान गराउने यो हिटीको पानी जाने निकास बन्द भएपछि विगत दुई दशकदेखि यस अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
किराँत ऐतिहासिकस्थल खोटाङको मझुवागढी जाने पदमार्गमा फूलका बिरुवा रोप्दै जिल्लाबासी । पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड‘ बनाउने अभियान सुरु गरिएको छ ।
बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेबाट देखिएको बागलुङ बजार ।
रामपुर नगरपालिका–३ स्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले कृषकलाई वितरण गर्न राखेको मिनिटिलर ।
भोजपुरका पौवादुङमा गाउँपालिकामा स्थानीय कृषकले लगाएको खुसार्नी खेतीको अवलोकन गर्दै कृषि प्राविधिक । गाउँपालिकाले खुसार्नी खेती गर्ने कृषकलाई अनुदानसँगै प्राविधिक तथा आवश्यक उपकरण वितरण गरेर प्रोत्साहन गरिरहेको छ ।
बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा सडक विस्तारका लागि पर्खाल निर्माण गरिाँदै । बेनी–दरबाङ सडकको दोस्रो चार किलोमिटर दूरीको सिम–लाम्पाटा खण्ड स्तरोन्नतिको काम सुरु भएको छ ।