काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएकोदेखिरसुवा जिल्लाको स्याफ्रुबेँसीस्थित लाङ्टाङ खोला र भोटेकोसीको सङ्गमस्थल । बिहीबार रातिको भीषण वर्षासँगै हिमाली क्षेत्रको जलाशय अत्यधिक बढ्न सक्ने भएकाले त्यसतर्फ नजान जिल्ला विपत् व्यवस्थापन समितिले अनुरोध गरेको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएको छ।रसुवा जिल्लाको स्याफ्रुबेँसीस्थित लाङ्टाङ खोला र भोटेकोसीको सङ्गमस्थल । बिहीबार रातिको भीषण वर्षासँगै हिमाली क्षेत्रको जलाशय अत्यधिक बढ्न सक्ने भएकाले त्यसतर्फ नजान जिल्ला विपत् व्यवस्थापन समितिले अनुरोध गरेको छ ।
परशुराम नगरपालिका, महाकाली नदी किनारस्थित प्रसिद्ध परशुरामधाममा बनाइएको परशुरामको विशाल मूर्ति । गत आर्थिक वर्षमा निर्मित भगवान् परशुरामको मूर्तिले धार्मिक पर्यटकलाई थप आकर्षण दिने गरेको छ ।
दाङस्थित तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रानीजरुवास्थित सम्बेलमा गरिएको तोडफोड । बिहीबार राति १२ बजेतिर अज्ञात समूहले सम्बेलमाथि तोडफोड गरेको हो ।
तनहुँको भानु नगरपालिका–८ भतेरे निवासी मनमाया गुरुङको घरमा आगलागी भएपछि शुक्रबार पुर्कोट सेवा समाज दोहा कतारको तर्फबाट रु २० हजार सहयोग हस्तान्तरण गरिँदै । कतारमा रहेका नेपालीबाट रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको हो ।
तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा सुकाइएको पराल । सवारी साधन सञ्चालन हुने सडकमा पराल सुकाइँदा दुर्घटना हुने डर हुन्छ ।
तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वीराजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर । उक्त मन्दिरमा भाकल गरेमा मनोकाक्ष पूरा हुने जनविश्वास भएकाले विभिन्न जिल्लाबाट अकलादेवीको पूजा गर्न भक्तजन आउने गर्छन् ।
प्रधानमन्त्री एवम् लुम्बिनी बौद्व विश्वविद्यालय कुलपति शेरबहादुर देउवा, विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै ।
महोत्तरीको मटिहानी बजारमा बिक्रीका लागि राखिएको फलफूल पसल ।