चरीकोट । दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
शैलुङ गाउँपालिकामा सबैभन्दा किराले क्षति पुर्याएको छ । किराले आलु र मकैका पातलाई खादा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक–पटक गुनासो राख्दै आएका छन् ।
ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेकोे जानकारी दिए । उनले किरा नियन्त्रणका लागि गोडमेल गर्नुपर्ने, झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पुर्याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताए । जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन् ।
बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौँलगायतका सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन् । जिल्लामा गत वर्ष समेत आलु, मकैलगायत खेतीमा फौजी किराले समेत क्षति पुर्याएको थिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्