×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड निवास अगाडि लगानीकर्ताको धर्ना, कुनैपनि माग सम्बोधन नभएको भन्दै लगानीकर्ता आक्रोशित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्ड निवास अगाडि लगानीकर्ताको धर्ना, कुनैपनि माग सम्बोधन नभएको भन्दै लगानीकर्ता आक्रोशित !

Artha Sarokar

६ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आन्दोलनरत लगानीकर्ताले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास अगाडि धर्ना दिएका छन् । लगानीकर्ताहरुले सोमबार बिहान प्रचण्ड निवास अगाडि धर्ना दिएका हुन् ।

पुँजी बजारको सुधार र विकासको माग राख्दै लगानीकर्ता तिलक कोइराला आरण अनसन बसेका छन् । अनसन बसेको ६ दिन हुँदा पनि लगानीकर्ताको कुनै पनि माग सम्बोधन नभएको भन्दै लगानीकर्ता आक्रोशित बनेका छन् ।

सरकारले साढे ३ वर्ष अघि नै गर्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उक्त आन्दोलनमा विभिन्न लगानीकर्ता संगठनको सहयोग रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी