×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पृथ्वीराजमार्ग सडक पुनः दुईतर्फी अवरुद्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पृथ्वीराजमार्ग सडक पुनः दुईतर्फी अवरुद्ध

Artha Sarokar

१२ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मुग्लिन । पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएका थिए ।

सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए । उनका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी