×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेशिभ फाइनान्सको पुल्चोक स्तिथ एक्सटेन्शन काउन्टरलाई शाखा कार्यालयमा परिणत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रोग्रेशिभ फाइनान्सको पुल्चोक स्तिथ एक्सटेन्शन काउन्टरलाई शाखा कार्यालयमा परिणत

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बाग्मति प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं २१ मा रहेको पुल्चोक एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रुपमा परिणत गरी आज कारोबार शुरुवात गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि १७ वटा शाखा कार्यालयहरु तथा ४ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् ।

यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले स्थापना गरिएको नयाँ शाखाबाट ललितपुर महानगरमा बसोबास गर्ने सर्वसाधारणहरुको घरदैलोमा नै पुग्ने गरी आधुनिक प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे,सी आस्वा, आरटीजीएस लगायत आधुनिक प्रविधिमा आधारित सबै प्रकारका डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले निकट भविष्यमा डिम्याट तथा लकर सुविधा समेत सञ्चालन गर्ने तयारी गरेको छ। फाइनान्सले आगामी दिनहरुमा देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप शाखाहरु स्थापना गरी वित्तीय सेवा प्रवाहलाई विस्तार गर्ने योजना बनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी