उदयपुर । भाँचिएको पुल मर्मत नहुँदा वर्षा लागेसँगै त्रियुगा नदीको बहाव बढ्न थालेपछि सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दालाई त्रियुगा नदी आवतजावत गर्न सास्ती भोग्नु परेको छ । सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका– ५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन ।
एक वर्ष अगाडि त्रियुगाको बाढीका कारण भाँचिएको पुलको पिलर अहिलेसम्म पनि पुनःनिर्माण नभएपछि वर्षा लागेसँगै त्रियुगा नदीमा पानीको बहाव बढेका कारण स्थानीयवासीलार्ई आवतजावत गर्न कठिन भएकोे बेलहीका बासिन्दा अनुप चौधरी बताउँछन् । उनी भन्छन्,“सुन्दरपुरदेखि बेलही आउन तथा चौदण्डी नगरपालिको कार्यलय बेल्टार बजार पुग्न त्रियुगा नदी तर्न बाध्य छौँ, पानीको बहाव बढ्न थालेपछि गाउँका पुरुष कपडा खोलेर पौडी खेल्दै ज्यानको बाजी लगाएर नदी तर्न बाध्य छन् ।”
पौडीखेल्न नसक्ने महिला र पुरुषभने सुन्दरपुरबाट त्रियुगा नगरपालिकाको जोगिदह, गाईघाट बजार हुँदै मदन भण्डारी मार्गको ३० किलोमिटर बाटो घुमेर बेल्टारस्थित चौदण्डी नगरपालिकाको कार्यलय पुग्न बाध्य भएको बेलहीका सीताराम चौधरी बताउँछन् । वि.सं २०६७ निर्माण भएको पुल १२ वर्षपछि गत वर्षमात्र सम्पन्न भएर सञ्चालनमा आउनै लाग्दा गत असार १९ गते बाढीले भत्काएका थिए ।
समयमा पुल मर्मत नहुँदा र त्रियुगा नदीमा पानीको बहाव बढेसँगै अहिले सुन्दरपुरवासी गाउँबाट अन्यत्र जानको लागि ज्यानको जोखिम मोलेर सास्ती भोग्दै त्रियुगा नदी तर्न बाध्य हुनुपरेको स्थानीयवासी बताउँछन् । गाईघाट दिक्तेल सडक कार्यलयका प्रमुख गोपाल खकुरेलसँग अहिलेसम्म पुल मर्मत नगरिएको बारे प्रश्न गर्दा उनी भन्छन्,“सडक विभागले यसबारे अहिलेसम्म कुनै निर्देशन नगरेको हुनाले पनि पुल मर्मत हुन नसकेको हो ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्