×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो रसुवागढी हाइड्रोपावरको आइपीओ, आयोजना प्रभावितहरुले भदौ १० गतेसम्म आवेदन दिन सक्ने !

अर्थ सरोकार

प्रकाशित मिति : १३ असार २०७९, सोमबार

PRIME CA

खुल्यो रसुवागढी हाइड्रोपावरको आइपीओ, आयोजना प्रभावितहरुले भदौ १० गतेसम्म आवेदन दिन सक्ने !

काठमाडौं । रसुवागढी हाइड्रोपावरले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले असार १३ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं.४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्ने भएका छन् ।

यस्तै गोसाइ कुण्ड गाउँपालिकाका वडा नं ३ बृद्धम, वडा नं. ४ लाङटाङ, वडा नं.५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्ने भएका छन् । यस्तै सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएका छन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा असार २७ गतेसम्म र ढीलोमा भदौ १० गतेसम्म आइपीओ खुला रहनेछ ।कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: