काठमाडौँ। रिभर फल्स पावर लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ्ग र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले सयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ०४ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेष्ठ ९ गते गरेकोमा आइपिओमा सेयरपाउने शेयरधनी तथा सर्वसाधारणले असार ०२ गतेबाट रिभर फल्स पावर लिमिटेडको सेयर खरिदबिक्री गर्न सक्नेछन् । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।
कम्पनीले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँड पश्चात सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गर्ने कार्यका साथै धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको सेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको सेयरलाई कारोबारमा ल्याउन सफल भएको छ । कम्पनीले नेप्सेमा कारोबारका लागि RFPL सिम्बोल पाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्