रुकुमपूर्व । रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन् । फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ पाटनतिर लगेपछि यहाँका गाउँ सुनसान बनेका छन् ।वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् ।
जेठ अन्तिम सातासम्म लगभग सबै गोठाला भेडा, बाख्रा र गाईको बथानसहित पाटन उक्लिसक्ने पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताए । बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएका कारण उनीहरु आफूले पालेका वस्तुभाउसहित पाटन उक्लने गरेका हुन् । तकसेराका भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्म पाटन गएका गोठाला गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि उनीहरुका साथमा कुकुर रहने गर्छ । उनीहरु खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । “अहिले पाटन उक्लिएका सबै भेडी बथानसँगै दसैँमा बेँसी झर्छन्”, उनले भने ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, पूर्वाङ, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग ६ महिना बिताउने गरेको स्थानीय सुवा बुढामगरले बताए । पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । हिमाली क्षेत्र भएकाले यहाँ बाह्रै महिना एकै ठाउँमा बसेर भेडापालन गर्न भने सकिँदैन । —रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्