×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ बुँदे घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१२ बुँदे घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न

Artha Sarokar

३१ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को आयोजनामा काठमाडौंमा जारी २ दिने चौथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ ।आईतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारको समेत सह आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गर्दै समापन भएको हो । बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्फत मर्यादित श्रम सिर्जना, गरीवी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र गोष्ठीले गरेको छ ।

‘दीगो एवम् एकीकृत सञ्जालका लागि नविनतम साझा प्रविधि’ मुल भाव र संकल्पका साथ आयोजित गोष्ठीमा पाँच वटा सामुहिक र चार वटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो । आईतबार शिखर गोष्ठीको उद्धघाटन गृहमन्त्री बालकृष्ण खाँडले गरेका थिए । सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबर्द्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरुले प्रतिबद्ध जनाएका हुन् । त्यस्तै एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन अनुसार १० करोड भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन समेत उनीहरु प्रतिबद्ध भएका छन् ।

२ दिने गोष्ठीको समापन गर्दै नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गरेका छन् । जारी घोषणा पत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिकदलहरुले समेत प्रतिवद्धता जनाएको समेत उनले बताए । सहकारी सञ्चालन गर्न र सफल सहकारीकर्मी बन्न व्यवहार र विश्वास हुनुपर्ने समेत उनको धारणा थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी