कञ्चनपुर । शुक्लाफाँटा नगरपाालिका–१ गणेशपुरका शेरसिंह राना निकै खुसी देखिन्छन् । घर जोडने सडक निर्माण भएपछि उनी खुसी भएका हुन् । बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् । “घर वरिपरि खेत थियो, त्यसमै पुख्र्यौली घर थियो”, उनले भने, “घर आउजाउ गर्नका लागि सडक त परको कुरा हिँडडुल गर्ने बाटो नै थिएन । खेतको आली भएर हिँडडुल गर्नु पर्दथ्यो ।” खेतको आली भएर घरपालुवा जनावर र परिवारका सदस्यले हिँड्ने गरेको उनले बताए ।
“अर्काको खेत भएर जनावरलाई डोहोर्याएर लैजाँदै गर्दा कहिले खेतमा नोक्सानी गरिहाल्थे”, उनले भने, “छिमेकीको गालीमात्रै होइन । कहिलेकाहीँ खप्कीसमेत खानु पर्दथ्यो । अब ती कुरा विगत भइसके । हिँड्ने खेतका आली सडकमा परिणत भएका छन् । सहजरूपमा हिँडडुल गर्न पाइएको छ ।” खेतसम्मै ट्र्याक्टर गुडाएर जोत्न सकिने भएको उनले बताए । रानासँग तीन बिघा बढी जग्गा रहेको छ । सडक निर्माण नहुँदा जग्गाको मूल्य थोरै थियो । सडक निर्माणले जग्गाको मूल्यसमेत दोब्बरले बढेको उनी बताउँछन् । शेर सिंहसगै १२ परिवार किसान सडकमा जोडिएका छन् ।
किसान बाबुरा रानाले सडक निर्माणपछि निर्धक्कसँग खेतीपाती गर्न र हिँडडुल गर्न पाइएको बताए । “विगतका जनप्रतिनिधिसँग सडक खोलिदिनका लागि हारगुहार गरे पनि पाँच वर्षसम्म सुनुवाइ हुन सकेन”, उनले भने, “नवनिर्वाचित वडाध्यक्षले निर्वाचित भएर आएपछि वडाको पहिलो काम सडकबाट बञ्चितका लागि सडक खोलेर गुन लगाएका छन् ।”
वि.सं २०२४ देखि बस्दै आएका बासिन्दा सडकको अभाव झैल्दै आएका थिए । वडाकै पुरानो बस्ती अब सडक सञ्जालमा जोडिएपछि स्थानीय बासिन्दा निकै खुसी छन् । जनताको पीरमर्का बुझ्ने जनप्रतिनिधि पाउँदा सहज भएको स्थानीय बासिन्दा बताउन पछि पर्दैनन् । वडाध्यक्ष उत्तरदेव भट्ट स्थानीय बासिन्दाकै सहकार्य र सहमतिमा सडकको अभाव झेल्दै आएका बासिन्दालाई सुविधा पुर्याउन सडक खोलेको बताउँछन् ।
“सडक एकातर्फ मात्रै सडक सञ्जालमा जोडिएको छ”, उनले भने, “अर्कोतर्फ सडक सञ्जालमा जोड्नका लागि स्थानिय बासिन्दासँग छलफल सुरु गरेका छौँ, छिट्टै निष्कर्षमा पुग्छौँ ।” हाल एक दशमव पाँच किलोमिटर सडक वडाको पहलमा निर्माण गरिएको उनले बताए । भर्खरै खोलिएको सडकको स्तरोन्नति गरी छिट्टै ग्राभेल राख्ने कार्यसमेत गरिने उनको भनाइ छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्