Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा जलविद्युत कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

अर्थ सरोकार

काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ५४ लाख ८८ हजार कित्ता बराबरको सेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ जेष्ठ १९ गते बिहीबार सम्पन्न भएको हो।

सम्झौतामा  सगरमाथा जलविद्युत कम्पनीका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए। सगरमाथा जलविद्युत कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK