काठमाडौं । सहकारी संस्थाहरूले पनि अब उच्च गुणस्तरको प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् । नियोसिस टेक्नोलोजी प्रा.लि.ले सहकारीको लागि उच्च गुणस्तरको सफ्टवेयर निर्माण गरिरहेको छ । नियोसिस टेक्नोलोजी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब प्रा.लि.को संयुक्त लगानीमा स्थापित कम्पनी हो । यस कम्पनीले मिरा ईआरपि नामको सहकारी सफ्टवेर निमार्ण गरिरहेको प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले बताए।
आइतबार काठमाडौंमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको चौथो साकोस शिखर गोष्ठीमा ‘सहकारीमा प्रविधिको प्रयोगः विद्यमान चुनौति र समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले यस्तो बताएका हुन् । डा. भोजराज घिमिरे र मनोज घिमिरेले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्दै अब सहकारीमा प्रविधिको प्रयोग अपरिहार्य रहेको र नियोसिय कम्पनी त्यसैको लागि जन्मिएको बताए । डा. घिमिरेले सहकारीमा प्रविधिको प्रयोगको अभ्यास, अन्तर्राष्ट्रिय अभ्यास, यसको आवश्यकता र वर्तमान घटनाक्रमहरुको विषयमा प्रस्तुति दिँदै सहकारीमा बैंकहरुको भन्दा उच्च प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने बताए ।
‘हामी बैंकको भन्दा पनि उच्च प्रविधिको प्रयोग गर्दैछौँ, यसले सेवाग्राही तथा सदस्यहरुलाई सहज सेवा हुन्छ, अहिलेको जस्तो ढड्डाको प्रयोगभन्दा पनि अब डाटामा निर्धारित सेवा हुन्छ,’ उनले भने। उनले डिजिटलाइजेसन,डिजिटल ट्रान्सफोरमेसन र डिजिटल इन्क्लुजन आवश्यक रहेको समेत बताए । घिमिरेले साझा प्लेटफर्म मार्फत् सेवा दिनु पर्ने, न्यून लागतमा अधिकतम् सेवा प्रवाह गर्नु पर्ने र प्रविधिमार्फत् स्थानीयकरण गर्नु पर्ने धारणा पनि राखे। कार्यपत्र माथी राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, डा. सोहनबाबु खत्रीले टीप्पणी राखेका थिए। टिप्पणीकर्ता खत्रीले अब सहकारीमा प्रविधिको आवश्यकता रहेकोले जति सक्दो छिटो सम्पूर्ण सहकारीहरुलाई डिजिटल प्लेटफर्ममा जोडिन आग्रह गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्