काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने बिहीबार असार ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेबाट ७ लाख ७२ हजार ६ सय ६६ कित्ता सेयर लिलामी बिक्री खुला गरिरहेको छ । जसमा कम्पनीले सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता र संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने कम्पनीले जनाएको छ ।
न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार ९ गतेसम्म रहेको छ । यसअघि कम्पनीले चैत २९ गतेबाट बैशाख ७ गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको सेयर अहिले लिलामीमा बिक्री गरिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्