×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

Artha Sarokar

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने बिहीबार असार ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेबाट ७ लाख ७२ हजार ६ सय ६६  कित्ता सेयर लिलामी बिक्री खुला गरिरहेको छ । जसमा कम्पनीले सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता र संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने कम्पनीले जनाएको छ ।

न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार ९ गतेसम्म रहेको छ । यसअघि कम्पनीले चैत २९ गतेबाट बैशाख ७ गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको सेयर अहिले लिलामीमा बिक्री गरिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी