×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व अर्थमन्त्री पाण्डेद्धारा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग, ‘नैतिक रूपले अर्थमन्त्री शर्मा पदमा बसिरहन मिल्दैन’

अर्थ सरोकार

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार

PRIME CA

पूर्व अर्थमन्त्री पाण्डेद्धारा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग, ‘नैतिक रूपले अर्थमन्त्री शर्मा पदमा बसिरहन मिल्दैन’

काठमाडौं । एमाले सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् । मंगलबार संसद बैठकमा बोल्दै एमाले सांसद तथा पूर्व अर्थमन्त्री पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका हुन् । उनले बजेटका विषयमा गम्भीर प्रश्न उठेपछि नैतिक रूपले अर्थमन्त्री शर्मा पदमा बसिरहन नमिल्ने बताएका हुन् ।

उनले बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेकोबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित नभएको भन्दै सांसद पाण्डेले अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।

यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध भएको र त्यसबारेमा तत्काल छानबिन हुनुपर्ने सांसद पाण्डेको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: