×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अनाधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गरियो, स्वदेशी उद्योगहरु धरासयी अवस्थामा पुगेको छ’ :सांसद भट्टराई

अर्थ सरोकार

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार

PRIME CA

‘अनाधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गरियो, स्वदेशी उद्योगहरु धरासयी अवस्थामा पुगेको छ’ :सांसद भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले करको दर परिवर्तन गर्दा अनधिकृत व्यक्तिलाई प्रयोग गरिएको समाचार सञ्चारमाध्यममा आएको भन्दै यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाएका छन् । पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाने गरेको भन्दै अर्थमन्त्रीले राष्ट्रघाती कदम चालेको जिकिर गरे । उनले अन्धाधुन्ध रुपमा करको दायरामा गरिएको हेरफेरले मुलुकका स्वदेशी उद्योगहरु धरासयी अवस्थामा पुगेको बताएका छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: