काठमाडौं । सानिमा बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंकले असार १० गते शुक्रबारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
जसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने भएको छ । उक्त ऋणपत्र बिक्री प्रबन्धकमाआरबीबी मर्चेन्ट रहेको छ । आवेदकहरुले ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने असार २४ गतेसम्म आवेदन दिन पाइने भएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्