Skip to content
LAXMI SUNRISE BANK

४.४२ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित सानिमा लाइफले असार २० गते बोलायो वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभा असार २० गते हुने भएको हो । कम्पनीको साधारणसभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने भएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट प्रस्ताव गरेको ४.४२ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव पेश हुनेछ । उक्त आर्थिक वर्षको नाफाबाट कम्पनीले ४.२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने भएको छ । साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुंग्याउनेछ । यस्तै अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभामा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व हुने गरी एक जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ । तर्सथ ७ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र साधारणसभामा भाग लिन पाउने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK