काठमाडौं । नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरेफाट, कोटेश्वर–३२ मा सञ्चालनमा आएको छ । उक्त आउटलेट साथीमार्टको १०३ औँ आउटलेट हो । विगतमा बैंकिङ क्षेत्रमा आवद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्न लागेका हुन् । फ्रेन्चाइज घनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र मना देउजाले मार्टको उद्धघाटन गरेका छन् ।
‘धेरै लामो समयदेखि बैंकिङ क्षेत्रमा आवद्ध भइसक्दा आफु स्वयं पनि एक सफल उद्यमी बन्न चाहेको र नेपालको यस रिटेल सेक्टरमा नयाँ सुरुवात गरि लोकल लेभलमा ग्राहकहरूलाई सुविधा उपलब्ध गराउने योजना छ,’ रितु शाक्यले भनिन् । ‘मार्टको सुरुवाती दिनदेखि नै निशुल्क होम डेलिभरी दिने योजना रहेको छ । साथै नरेफाट नगरबासीहरूलाई स्मार्ट सपिङको अनुभव दिने हिसाबले साथीमार्टको ब्रान्डसँग जोडिएको हुँ,’ लक्ष्मी बाडे श्रेष्ठले भनिन् । ६ सय पचास वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् ।
साथीमार्ट ओटुओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरमै डेलिभरी मगाउन सक्नेछन्। फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ । एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्