×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सयपत्री हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ बिक्री गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

PRIME CA

सयपत्री हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ बिक्री गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागिआइपिओ बिक्री गर्ने भएको हो । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता आइपिओ बिक्री खुला गर्ने भएको हो ।

आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका-२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ ।

लगानीकर्ताले प्रभु बैंकको ताराखोला तथा गल्कोट शाखा, ग्लोबल आईएई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लिमिटेडको काठमाडौँँबाट शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी इस्युयर’ ग्रेडिङ प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: