Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा बढुवाको लागि २ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

अर्थ सरोकार

काठमाडौं । नेपाल धितिपत्र बोर्डको कार्यकारी निर्देशकको पदमा बढुवाको लागि २ जनाको नाम सिफारिस भएको छ । बोर्डको निर्देशकको लागि पदपूर्ति समितिको जेठ २६ गते बसेको बैठकले डा.नवराज अधिकारी र विनयदेव आचार्यको नाम बढुवाको लागि सिफारिस गरेको हो ।

अब उनीहरुमाथि दाबी विरोधको लागि ३५ दिनको समय रहेको छ । सो अवधिमा मुद्दा मामिला वा दाबी विरोध नपरे उनीहरु स्वत कार्यकारी निर्देशक पदमा बढुवा हुने भएका छन् । हाल बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यहि जेठ ३१ गते अवकाश पाउने भएका छन् ।

हाल धितोपत्र बोर्डमा ८९ जनाको दरबन्दी रहेको छ । पछिल्लो समय अर्थ मन्त्रालयले १ जना कार्यकारी निर्देशक, २ जना उप कार्यकारी निर्देशक, ५ जना निर्देशिक र बाँकि ८ जना सहायक तहका कर्मचारीको दरबन्दी थप गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK