×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘४/१२ को नीति समय सापेक्ष मूल्यांकन गर्नुपर्छ, बजारको समस्या समाधान गर्न बोर्ड प्रतिबद्ध छ’ : अध्यक्ष हमाल

PRIME CA
GLOBAL IME BANK

‘४/१२ को नीति समय सापेक्ष मूल्यांकन गर्नुपर्छ, बजारको समस्या समाधान गर्न बोर्ड प्रतिबद्ध छ’ : अध्यक्ष हमाल

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मार्जिन कर्जाको कारण सेयर बजार धेरै घटेकाले त्यसको समय सापेक्ष मूल्यांकन गर्नुपर्ने बताएका छन् । बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष हमालले मार्जिन कर्जामा ४/१२ करोडको सीमा तोकेपछि बजार निरन्तर घटेकाले उक्त नीतिको समय सापेक्ष मूल्यांकन हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष हमालले लगानीकर्ताहरुको समस्या समाधानका लागि बोर्ड प्रतिवद्ध रहेको पनि बताए । यस्तै हमालले मर्जरका कारण लामो समय सेयर कारोबार रोक्का रहने व्यवस्था हटाउन नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको पनि जानकारी दिए ।

अध्यक्ष हमालले चार महिनाभित्र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आइपीओमा आरक्षणको व्यवस्था गरिने पनि जानकारी गराएका छन् । हमालले बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याइने बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: