काठमाडौँ। नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैंकर्स एशेसियसन नेपालको सहयोगमा पूँजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले देशका सातै प्रदेशमध्ये कर्णालीले अघिल्लो चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याएको बताए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनमा विशेष जोड दिएको बताए ।
मुख्यमन्त्री शाहीले बजेटले अधिकांश पुराना योजनालाई सम्पन्न गर्न जोड दिएको तथा नयाँ ५ प्रतिशत योजना मात्रै अघि सारेको उल्लेख गरे। पूँजीबजारमा लगानीकर्ता कम रहेको कर्णालीमा पूँजीबजारको वारेमा सचेतना वृद्धि गर्नु सम्वद्ध निकायहरुले ध्यान दिनु आवश्यक भएकोमा मुख्य मन्त्रीले जोड दिएका थिए । उनले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका थिए । संघीयताको भावनालाई हामीले अझै पनि बुझेका छैनौ भन्दै मुख्यमन्त्री शाहीले संघीयतालाई बलियो बनाउन पनि पूँजीबजारले सहयोग गर्ने उल्लेख गरे ।
नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै,लगानीकर्ता, बैकर्रहरु तथा व्यवसायीहरुले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएकोमा मुख्यमन्त्री शाहीले जोड दिएका हुन्। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानकिर्ता साक्ष्रताको अवस्था भने कमजोर रहेको बताए । देशव्यापी रुपमा पूँजीबजार सचेतना वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले सम्वद्ध निकायहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु अघि बढाएको डा.अधिकारीले बताए ।
उनले लगानी गर्दा हतारमा नगरी कमतमिा पनि दुई बर्षसम्म पखिर्ने गरी लगानी गर्ने कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेशमा रहेका सेयर बजारका लगानीकर्ताहरुलाई सचेत गर्न सचेतनता सम्बन्धी कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिए । सेयर बजारको विककासको लागि राज्यले प्रभावकारी नीतिगत व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको बताए । उनले सचेतनता कार्यक्रमले कर्णलीका लगानीकर्ताहरुलाई हौसला प्राप्त भएको बताए ।
नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खडकालद्य उद्योग धन्दा निराशाजनक अवस्था रहेको बेला पूजीबजार मार्फत औद्योगिक लगानीका लागि पूँजी संकलन गर्न शेयर बजारलाई प्रभावकारी औजारको रुपमा अघि बढाउनु आवश्यक भएकोमा जोड दिए । हामीले अवलम्वन गरेको आर्थिक नीतिको कारण नेपाल स्वालम्वी भन्दा आयातमुखि अर्थतन्त्रको नकारात्मक असर परेको बताए ।
कार्यक्रममा नेपाल मेर्चेण्ड बैकर्स एसोशियसनका अध्यक्ष मेखबहादुर थापाले देशभर पूँजी बजारका लागनीकर्ताहरु बीच सचेतना अभिवृद्धिका लागि नेपाल आर्थिक पत्रकार संघ सँगको सहकार्य सचेतना कार्यक्रम संचालन गरेकोले त्यसबाट लाभ दिन लगानीकर्ताहरुलाई आग्रह गरे । नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले संघीयताको प्रर्वद्धन गर्न सचेतना कार्यक्रमले सहयोग गर्ने तथा देशभर छरिएर रहेको पूजीको संकलनका लागि एउटा महत्वपूर्ण माध्यम बन्ने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्