काठमाडौँ। अहिले पुँजीबजारका लगानीकर्ताहरुको आन्दोलन उचाईतिर पुगेको छ । यसको साथसाथै देशभरिका लगानीकर्ता संघ-संस्थाहरुले पनि यो आन्दोलनमा ऐक्यबद्धता जाहेरी गर्ने क्रम चलिरहको छ । यसै सिलसिलामा पोखराका सेयर लगानीकर्ताहरुको पनि ऐक्यबद्धता प्राप्त भएको छ। पोखराका सेयर लगानीकर्ता रविन्द्र बटाजुका अनुसार कास्की जिल्लाका मोफसलका संघ-संस्थाहरुको पनि यस आन्दोलन र अनसनमा प्रत्यक्ष सहयोग रहेको छ। आन्दोलनमा सरिक हुन आज कास्की जिल्लाका लगानीकर्ताहरु काठमाडौँ प्रस्थान गरेको उनले बताएका छन्।
हाल पुँजीबजार विकास र विस्तारका निम्ति लगानीकर्ताले उठाएका जायज मागहरु सम्बोधन गरी बजार मैत्री दीर्घकालीन निति-नियम निर्माण गरी पुँजीबजारको प्रवर्द्धनका लागि ठोस कदम चाल्न नियामक निकाय तथा नीति निर्मातासँग जोडदार माग गर्दै पूँजीबजार प्रवर्द्धनका लागि गरिएको आन्दोलनमा गण्डकी इन्भेस्टमेन्ट फोरम लगायतका संघ-संस्थाले ऐक्यबद्धता व्यक्त गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ “सरकारले गरिहाल्नु पर्ने कामहरु माग राखी तिलक कोइरालाले मिति २०७९/०३/०१ बुधबारबाट आमरण अनसन बसेकोमा, पोखरा गण्डकी प्रदेश स्थित रहेका आमलगानीकर्ताहरु कोइरालाको आमरण अनसनबाट सम्पूर्ण लगानीकर्ताहरुलाई सहजता सहित निकास प्रदान गर्ने शुभकामना सहित उनको आमरण अनसनको पूर्ण समर्थन गर्दै ऐक्यबद्धता प्रकट गर्दछौँ ।”
पोखराका लगानीकर्ताहरु पनि १९ बुँदे माग लिएर ५ दिन अघि देखि आमरण अनसनमा बसेका तिलक कोइरालाको समर्थन र ऐक्यबद्धता जनाउन राजधानी गएका हुन् । सेयरबजारका लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक, नियमक निकाय धितोपत्र बोर्ड तथा नेप्सेको गलत नीतिका कारण पुँजीबजार प्रभावित भएकाले आफ्नो नीति सच्चाउनका लागि संघर्षमा उत्रनु परेको लगानीकर्ता रविन्द्र बटाजुले बताए ।
सेयर धितो कर्जामा लगाएको ४/१२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो कायम गर्नुपर्ने, सेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने, ब्रोकर कमिशन घटाउनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका १९ बुँदे माग राखेर देशभर लगानीकर्ताहरुको आन्दोलन भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्