×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालमै पहिलोपटक द क्लिफमा स्काइ ग्लाइडिङ सञ्चालनमा, कति छ त शुल्क ?

कुश्मा । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ ।  स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ । एउटा टावरबाट अर्को टावर जानका लागि तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरि) माथी घिर्निमा झुण्डिदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ ।
टावरमा समानान्तर दुई डोरी भएकाले एकै पटकमा दुई जना सँगै खेल्न सकिन्छ । स्काइ ग्लाइडिङ खेल्न प्रतिब्यक्ती बाह्र सय लाग्ने बताइएको छ । उक्त शुल्कमा सेवाग्राहीले थ्रीसिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियो समेत प्राप्त गर्नेछन् । एड्भेन्चरका पारखी आन्तरिक पर्यटकलाई नयाँ अनुभव दिने उदेश्यले स्काइ ग्लाइडिङ सञ्चालनमा ल्याएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए।
बन्जीको र स्विङका लागि प्रख्यात द क्लिफमा अहिले ११ वटा साहसिक खेलहरू सञ्चालनमा  छन् । स्काइ क्याफे, हर्स राईडिङ, स्काइ चियर, फ्यामिली पिङ, वसिङ ह्याण्ड, क्रेवी ब्रिज, जाइन्ट पिङ निकै लोकप्रिय छन्  । स्काइ ग्लाइडिङ सञ्चालनमा आएपछि कुल १२ वटा साहसिक खेल सञ्चालनमा रहने कार्की बताउँछन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गरिएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: