×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ कागतीको रिफ्रेसिङ्ग स्वादमा नयाँ स्प्राइट, ब्रान्ड एम्बेसडर अनमोल केसी

काठमाडौँ । नेपालको लोकप्रिय लाइम-लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रुपमा कोका-कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायाँकन गरिएको छ । गर्मीले थकित अनमोल केसी घर फर्किए सँगै विज्ञापन शुरु हुन्छ । घर पुग्ने बित्तिकै उनी भान्साकोठामा जान्छन् र चिसो स्प्राइटको चुस्की लिँदै तुरुन्तै रिफ्रेस हुन्छन् ।

युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले “स्प्राइटसँग रिफ्रेस्मेन्ट” भन्ने सन्देश दिँदै दर्शकहरुलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने,“कोका–कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।” बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताहरूले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराईदिनुहुनेछ ।”

स्प्राइट नेपालले आफ्ना पारखीहरुका लागि थुप्रै सरप्राइजहरु पनि तयार पारेको छ । क्याम्पेन सम्बन्धि सबै पछिल्ला जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @spritenepal हेर्न सकिन्छ । नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: