×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आमाद्वारा सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट छोरी ज्वाईंलाई बीमा कोसेली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आमाद्वारा सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट छोरी ज्वाईंलाई बीमा कोसेली

Artha Sarokar

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरीदिएकी छिन् ।

जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिएकी हुन् । कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको कुरा उनले व्यक्त गरिन्।

बीमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्व प्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्ति पक्षले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी