तनहुँ । गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु. डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु. एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् ।
हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु. एक करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिए । करिब एक सयको हाराहारीमा बाख्रा छन् । अष्ट्रेलियाबाट रु. तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताए ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु. बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उनले जानकारी दिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्