तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु. दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७र७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।
वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । वि.सं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन परियोजनाले मुख्य भूमिका खेल्दै आएको सामी परियोजनाकी संयोजक लुना रानाले जानकारी दिए।
यस आवमा आप्रवासी स्रोत केन्द्रमा ११४ जनाको वैदेशिक रोजगारीका क्रममा आएका समस्या दर्ता भएकामध्ये ३५ वटा समाधान हुँदा सहजीकरणमार्फत रु. तीन करोड ८३ लाख ४६ हजार क्षतिपूर्ति दिलाउन सहजीकरण गरिएको उनले बताए । परियोजनाअन्तर्गत विदेश जानुपूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने जानकारी दिने, ठगीमा परेका कामदारलाई निःशुल्क कानुनी परामर्श तथा सेवा गन्तव्य देशमा समस्या परेका कामदारलाई आवश्यक सहयोग गर्दै आएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएर विभिन्न समस्यमा परी विक्षिप्त भएकालाई निःशुल्क सीप, तालिम, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको उपयुक्त उपयोगका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको (सामी) परियोजना संयोजक रानाले जानकारी दिए । जिल्लाको व्यास, भानु, शुक्लागण्डकी र म्याग्देलाई कार्यक्षेत्र बनाउँदै आएको सामीले पछिल्लो समय भीमाद, बन्दीपुर र देवघाटलाई पनि समेटेको छ । गत आवमा १२ र यस आवमा सातजना गरी १९ जनाको शव नेपालमा ल्याउन सहजीकरण गरिएको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले जानकारी दिए । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्