काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गरेका हुन् ।
बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र टेलिफोनका तार भूमिगत गर्न आवश्यक रहेको प्रमुख महर्जनले बताए । काठमाडौँको उत्तर–पश्चिममा रहेको तारकेश्वर नगरपालिकाको पहिलो चरणमा मुख्य सडक, दोस्रो चरणमा सहायक सडकमा सिसी क्यामेरा जडान, सडकबत्ती जडान, बाटो किनारमा वृक्षरोपण गर्नेलगायत योजना रहेको जानकारी गराउँदै उनले आवश्यक समन्वय र सहयोगका लागि प्राधिकरणसँग आग्रह गरेका छन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्