Skip to content
LAXMI SUNRISE BANK

दुर्गममा टेलिकमको सेवा विस्तार, गुणस्तरीय सेवा दिन टेलिकमसँग स्थानीयको माग

अर्थ सरोकार

बागलुङ । सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्याएको छ । छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पुर्याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ ।

यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए । इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन । अप्टिलकल फाइबर विस्तारसँगै स्थानीयवासीले सहज रुपमा थ्रिजी इन्टरनेट र भ्वाइस सेवा पाएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा पुर्याउन सम्भव नभएपछि अप्टिकल फाइबारबाट सेवा विस्तार गरिएको उनको भनाइ छ । “लाममेलाका झन्डै तीन सय घरधुरीले भ्वाइस र डाटामा स्तरीय सेवा पाएका छन्,” उनले भने, “बागलुङ र म्याग्दीको सीमामा पर्ने पर्यटकीय क्षेत्र सोलेडाँडामा पुग्ने पर्यटकलाई पनि टेलिकमको सेवाबाट लाभ पुग्छ ।”

वरिष्ठ इन्जिनियर शर्माले दुर्गम भेगलाई लक्ष्य गरी सेवा विस्तार र गुणस्तर सुधारका कामलाई तीव्र गति दिइएको बताए। लाममेलाका जनप्रतिनिधि र स्थानीयवासीले टावर राखी गुणस्तरीय सेवा दिन टेलिकमसँग माग राख्दै आएका थिए ।

दुई हजार ६०० मिटरको उचाइमा अस्थायी टावर निर्माण गरी सेवा विस्तार गरिएको कार्यालयले जनाएको छ । तमान–४ का वडाध्यक्ष छप्रसाद श्रीपालीले मोबाइल सेवा पाउनबाट वञ्चित भइरहेका दुर्गमका बासिन्दालाई टावर राखेपछि सहज भएको बताए । –रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK