काठमाडौँ । सिभिल सहकारीमार्फत् सर्वसाधारणको आठ अर्ब बढी रुपैयाँ ठगी गरेको आरोपमा पुर्पक्षको निम्ति ९ महिनादेखि जेलमा रहेका इच्छाराज तामाङलाई छुताउन २ करोडको बार्गेनिङ भएको खुलासा भएको छ । सो बार्गेनिङ्गको अडियो अर्थ सरोकारलेसमेत फेला पारेको छ ।
नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार कोइरालासँग तामाङलाई छुटाइदिन २ करोड रकमको बार्गेनिङ्ग गरेका हुन् ।
अडियोबाट न्यायाधीश कोइरालाले तामाङलाई ५० करोड धरौटीमा छाड्न आदेश दिने तयारी गर्दै गर्दा कोइरालाले १० करोड रुपैयाँमा छुटाउन २ करोडको डिल गरेको सुन्न सकिन्छ । सो अडियो रेकर्डमा सर्वोच्चका अन्य न्यायाधीसदेखि जिल्ला अदालतका मुख्य न्यायाधीशसम्म सेटिङको कुरो गरिएको छ ।
तामाङलगायत १२ जनालाई गत असोज १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उनी सिभिल बैंकका पूर्व अध्यक्षसमेत हुन् । सुन्नुहोस् अडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्