×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्पादन प्रक्रियामा निस्किने फोहोरहरु ९८ प्रतिशत व्यवस्थापन गर्न खुकुरी रम सफल, ३ वर्षभित्रमा शून्यमा झार्ने प्रतिबद्धता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उत्पादन प्रक्रियामा निस्किने फोहोरहरु ९८ प्रतिशत व्यवस्थापन गर्न खुकुरी रम सफल, ३ वर्षभित्रमा शून्यमा झार्ने प्रतिबद्धता !

Artha Sarokar

२२ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नेपालको स्थापित तथा अग्रणी ब्राण्ड खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिज प्रालि संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।  विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि कम्पनीले  प्रतिबद्धता जनाएको  छ।

उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका र आगामी ३ वर्षभित्रमा सत प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउन कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै  सन् २०३२ सम्ममा सत प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने र अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेको कम्पनीले जनाएको छ ।

बोतलहरु पुनः प्रयोग गर्ने र उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गर्ने देखि अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत कम्पनी अग्रसर रहेको छ । ग्रीन इनर्जीमा समेत काम गरिरहेका छ र आगामी तीन वर्षभित्र ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्ने कम्पनीको बिश्वाश रहेको छ । एनडिपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको छ र आगामी दिनहरुमा समेत यो सहकार्य (अभियान) जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी