×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काम गर्ने कालु, मकै खाने भालु…’, सडकमा दु:ख पाउने तिलक कोइराला, जस लिने होडमा यी ३ संगठन…? (विज्ञप्तिसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘काम गर्ने कालु, मकै खाने भालु…’, सडकमा दु:ख पाउने तिलक कोइराला, जस लिने होडमा यी ३ संगठन…? (विज्ञप्तिसहित)

काठमाडौँ । तिलक कोइराला अनशन बस्दा कुनै हालतमा अनशन सफल बनाउनुपर्छ भनेर लागेका र ‘यो अनशनको काम छैनु भनेर मान्छे भड़काउँदै हिंडेका संगठनहरुले संयुक्त विज्ञप्ति निकाल्दै तिलक कोइराको अनशन तोडिएपछि सबैलाई धन्यवाद दिएका छन् । आज नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले संयुक्त विज्ञप्ति निकाल्दै सबैलाई धन्यवाद दिएका हुन् ।

विज्ञप्ति निकाल्दै ३ संगठनले कार्यान्वयन समिति बनाउने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिएका छन् । ‘आम लगानीकर्ताको समसामयिक मागलाई एकिकृत गर्दै १९ बुँदा माग राखेर नेपाल सरकारलाई ध्यानकर्षण गराउने उद्देश्यले गरिएको आन्दोलन आम लगानीकर्ता माझ सर्वविदितै छ । नेपाल धितोपत्र बोर्ड बोर्डले जायज मागहरुलाई सम्बोधन गर्दै कार्यान्वयन समिति गठन गराउनु भएकोमा नेपाल धितोपत्र बोर्डका अध्यक्षज्यूलाई धन्यवाद व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

सो विज्ञप्तिमा ती संगठनहरुले धितोपत्र बोर्डले गरेको पत्रकार सम्मेलनमा उल्लेख भएका केहि बुँदाहरुमा आफु सकारात्मक रहेकोसमेत जनाईएको छ । तिलक कोइरालाको नाम कतै उल्लेख नगरी जारी भएको सो विज्ञप्तिमा धितोपत्र बोर्डका अन्य कर्मचारीहरुलाई धन्यवादसमेत दिइएको छ ।

तर सो विज्ञप्तिमा कतै पनि तिलक कोइरालाको नाम उल्लेख भएको छैन । जवकि यो आन्दोलन ती संगठनले गरेको नभई तिलक कोइरालाको बल बाट उठेको आन्दोलन थियो । विज्ञप्तिमा नाम निस्केकामध्ये एक संगठनका अध्यक्ष खुलेर आन्दोलनमा खटिएका थिए भने बाँकीको सामान्य उपस्थिति मात्र थियो । आफु आधिकारिक भएको नाममा निकालिएको यो विज्ञप्तिलाई धेरैले , ‘काम गर्ने कालु, मकै खाने भालु’ को संज्ञा दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: