×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिलक कोइरालाको स्वास्थ्यअवस्था जटिल, डाक्टर भन्छन्- ‘स्ट्याण्डबाई बस्नुस्, जुनसुकै बेला जे पनि हुन सक्छ…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तिलक कोइरालाको स्वास्थ्यअवस्था जटिल, डाक्टर भन्छन्- ‘स्ट्याण्डबाई बस्नुस्, जुनसुकै बेला जे पनि हुन सक्छ…’

Artha Sarokar

५ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको सेयर बजारको सुधारका लागि विभिन्न माग राख्दै अनशन बसेका तिलक कोइरालाको स्वास्थ्यस्थिति जटिल बनेको छ । शनिबार बेलुकी उनको स्वास्थ्यपरिक्षणमा संलग्न डाक्टरले यसको पुष्टी गरेका हुन् ।कोइरालाको स्वास्थ्यपरिक्षणमा संलग्न डाक्टरका अनुसार उनको ब्लड प्रेसर निकै कम छ भने उनमा छाती दुखाईको समस्या पनि देखिएको छ । डाक्टरका अनुसार उनलाई जुन सुकै बेला पनि अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ ।

‘जुनसुकै बेला जे पनि हुन सक्छ । त्यसैले अस्पताल लैजाने तयारी गर्नुहोस् । उहाँ आफैं पनि डायबेटिजको रोगी हुनुहुन्छ । त्यसैले स्वास्थ्य स्थिति थप कमजोर बनेको छ ।’ उनको उपचारमा संलग्न डाक्टरले भने, ‘जुनसुकै बेला पनि आकस्मिक कक्षमा भर्ना गर्नुपर्नेगरी अस्पताल लैजानुपर्ने हुन सक्छ ।’
उनको आन्दोलनको आज पाचौं दिन हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी