×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढुवानी भाडा कार्यान्वयन गर्न माग, सरकारकै कारण व्यवसायबाट पलायन हुने अवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ढुवानी भाडा कार्यान्वयन गर्न माग, सरकारकै कारण व्यवसायबाट पलायन हुने अवस्था

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालगञ्ज । बाँकेका ट्रक व्यवसायीहरुले आफ्नो व्यवसाय धराशयी भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सरकारकै कारण आफूहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको आरोप लगाउँदै सरकारले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन गर्न आग्रह समेत गरेका छन् । नेपालगञ्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्लले सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नाले र बनाएका नीति पनि कार्यान्वयन नभएकाले ट्रक व्यवासायीहरु पलायन हुने अवस्था रहेको बताए ।

सरकारका कारण व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याउनुपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले जायजेथा राखेर गरिएको व्यवसाय आज निल्नु न ओकल्नु जस्तै भएको छ भने । राज्यको कर प्रणाली चुस्तदुरस्त नहुनु, इन्धन र गाडीको अस्वाभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अरबौँ लगानी रहेको ट्रक व्यवसायी पलायनको अवस्थामा पुगेको उनले जाकारी दिए ।

कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञबहादुर ओलीले इन्धन र गाडीका पाटपुर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको गुनासो गरे । उनले ढुवानी भाडा नबढाए पनि सरकारले तोकेको ढुवानी भाडासमेत आफूहरुले पाउन नसकेको उल्लेख गरे । पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर रु. ७ रुपैया ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । सो भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन नसकेको बताइएको छ ।

सिद्ध कैलाश ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले नियमनकारी निकाय मौन भएर बसेका कारण व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी ठगिनुपर्ने अवस्था आएको बताए । ट्रक व्यवसायीहरुले चुङ्गी कर, सडक कर र गद्दी खर्च लगायतका करले व्यवसायी पीडित हुनु परेको गुनासो गरेका छन् । उनीहरुले आयकर र अग्रिम करलाई व्यावहारिक बनाउनसमेत माग गरेका छन् । भेरी ट्रान्सपोर्ट एसोसिएशन, भेरी अञ्चल ट्रक समिति, नेपालगञ्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्ध कैशाल ट्रक प्रालिले कार्यगत एकता गरेर यही असार २ गतेदेखि ट्रक सञ्चालन नगर्ने चेतावनी दिएका छन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी छन् । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी