×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा पोखराबाट धाम्पुससम्म TVS को AOG Ride

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गण्डकी प्रदेशमा पोखराबाट धाम्पुससम्म TVS को AOG Ride

Artha Sarokar

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

पोखरा । लोकप्रिय टू-ह्वीलर्स कम्पनी TVSले आफ्नो ग्राहकको लागि Apache Owners Group(AOG) नामक Apache धनी र रोमाञ्चक Rideमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ । असार ११ गते शनिवारको दिन AOGको दोस्रो संसकरणमा TVS ले पोखराका ३० Apache जना ग्राहकहरुलाई पोखराबाट धाम्पुस हुदै सुइखेत रेसोर्ट सम्म पुराएको थियो । विभिन्न पेसाका सहभागीहरूले भाग लिएको AOG मा सहभागीकोलागि 100 भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३० जनाको चयन भएका थिए । गण्डकी प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाकी Riders हरूलाई TVS ले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ।

TVS ले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र Adventure Ride सञ्चालन गरिरहेको हुन्थ्यो। TVS ले बागमती प्रदेश पछि गण्डकी प्रदेशमा AOG Ride गरेको हो र नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि AOG Ride सञ्चालन गर्नेछ । AOG मा सहभागी भई विभिन्न Ride मा जान सकिन्छ र त्यति मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाइनेछ । यो Ride अनुभवी Marshall हरुको निगरानीमा भएको थियो जसमा Rider हरूलाई Road Safety जस्ता विभिन्न प्रशिक्षण दिएको थियो। यस AOG Ride मा सहभागी हुने सबै Riders हरुलाइ TVS ले Free Riding Gears उपलब्ध गरेको थियो । यस मा riders हरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो र बिजेता हरुलाई पुरस्कार तथा भएको साथै सबै TVS ले सहभागीहरुलाई उपहार र प्रमाण पत्र वितरण पनि वितरण गरेको थियो ।

AOG बारे जगदम्बा मोटर्सका प्रतिनिधि बिक्रम शर्मा पौडेल, DGM – Marketing भने, ” पोखरा बाट धाम्पुस सम्मको यो AOG ride निकै रमाइलो भयो । हामीले हाम्रो ग्राहकहरुलाई भेट्न पायौ र वहाहरुको TVS सँगको अनुभवको बारेमा बुझने मौका पनि पायौ । हामी चाडै नै AOG बाट फेरी अर्को यात्रा सञ्चालन गर्नेछौ । यस AOG Ride गर्ने हाम्रो मुख्य उदेश्य चाही नेपालमा Apache riders हरुको समूहलाई बलियो बनाउदै हाम्रो ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो । ”

सुइखेत रेसोर्ट पुग्नु भएको सहभागी श्री रुपेस बसनेत आफ्नो AOG Rideको अनुभवको बारेमा भने ” धाम्पुस सम्मको हाम्रो ride निकै नै रोमान्चक थियो । आफू जस्तै Apache प्रेमी भेट्न पाउँदा र Ride मा सहभागी हुँदा खुसी नै बेग्लै छ र आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भई राख्ने छन् । Ride मा साथीहरू पनि बनाए र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाए । ”

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू-ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३७ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू-ह्वीलर ब्राण्ड बनेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी