×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटद्वारा पैसाकै अभावमा इन्टरनेट र शिक्षाबाट वञ्चित १५ परिवारलाई सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भायानेटद्वारा पैसाकै अभावमा इन्टरनेट र शिक्षाबाट वञ्चित १५ परिवारलाई सहयोग

Artha Sarokar

६ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राखेको छ । यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको थियो ।

ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो । उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो । यसरी इन्टरनेट र पठनपाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भयो । जसले पैसाकै अभावका कारण इन्टरनेट र पठनपाठन बाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्दछ ।

आजभोलि इन्टरनेट कनेक्टिभिटी अझ व्यापक र सर्वसुलभबन्दै गइरहेको छ । यद्यपि अझै पनि धेरै बालबालिकाहरु इन्टरनेटकै अभावमा गुणस्तरीय शैक्षिक अवसरहरूबाट वञ्चित छन् । त्यसैले भायानेट आफ्नो क्षमताले भ्याएसम्म धेरै भन्दा धेरै यस्ता परिवारसम्म पुगि सहयोग गर्न चाहन्छ । त्यसैले यो अभियानको दोस्रो वर्षमा चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी अमला दिदी लगायतका १५ विभिन्न परिवारलाई कम्पनीले सहयोग गरेको छ ।

आगामी वर्षहरूमा कम्पनीले यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको छ। र तपाईंको गाउँ(समाजमा पनि पैसाकै अभावका कारण कोही इन्टरनेट र पठनपाठन बाट वञ्चित छन् भने कार्यक्रम साझेदार @Human’sofKathmandu मार्फत भायानेटमा सम्पर्क गर्न सक्नुहुनेछ । गुड विथ इन्टरनेट सम्बन्धी थप जानकारीका लागि दिइएको लिंक हेर्नुहोस् : https://www.facebook.com/vianetnepal/videos/1636532250056787 आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यमा अग्रसर भायानेट कम्युनिकेसन्स प्रा.लि.नेपालकै अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकहरू मध्ये एक हो । नेपालमै पहिलोपटक फाइबर-टू-होम इन्टरनेट र डिजिटल टिभी सुरु गरेको भायानेटका सेवाहरू हाल देशव्यापी रुपमा विस्तार हुँदै छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी