×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिभो वाई ३३ एस लाई लोकप्रिय बनाउने शीर्ष कारणहरू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भिभो वाई ३३ एस लाई लोकप्रिय बनाउने शीर्ष कारणहरू

Artha Sarokar

२० जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । स्मार्टफोन अहिले हाम्रो व्यक्तित्व झल्काउने माध्यम र जीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले प्रयोगकर्ताको जीवनमा स्मार्टफोनको महत्वलाई महशुस गरेको छ र उनीहरुको आवश्यकताहरू अनुरूप नयाँ उत्पादनहरू निरन्तर रूपमा आविष्कार र सिर्जना गर्दै प्रत्येक उत्पादनसँग प्रयोगकर्ताको अनुभव बढाउन लागि परिरहेको छ ।

आज हामी वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एसको बारेमा कुरा गर्नेछौँ । यसले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरूको सन्दर्भमा प्रयोगकर्ताहरुको मन जित्न सफल भएको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू यस प्रकार छन्ः

१) शानदार क्यामेरा सेटअपः वाई३३एसमा ५० एमपीको रियर क्यामेरा छ, जसलाई २ एमपी बोकेह क्यामेरा र २ एमपी सुपर म्याक्रो क्यामेराले सपोर्ट गरेको छ । यसलाई भिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढंगले तयार पारिएको छ, जसमा प्रयोगकर्ताहरूले शक्तिशाली इमेजिङ प्रविधिहरूको आनन्द लिन सक्नेछन् । यसमा ५० एमपी रियर क्यामेरा सेन्सर छ जसले जुम इन वा क्रप गर्दा पनि तस्वीरको गुणस्तर कम नगरी स्पष्ट तस्वीरहरु खिच्छ । साथै, भिभोको सिग्नेचर सुपर नाइट एल्गोरिदमले नोइज घटाएर स्पष्ट फोटोहरु कदै गर्छ । यो स्मार्टफोनले प्रयोगकर्तालाई स्टाइलिश नाइट फिल्टरका चार सेटहरूका साथ अनुभवी प्रोजस्तै नाइट शटहरू खिच्न मद्दत गर्दछ जुन व्यवसायीक फोटोग्राफरहरूद्वारा विशेष रूपमा भिभोका लागि डिजाइन गरिएको हो ।

वाई३३एसमा ईआईएस अल्ट्रा स्टेबल भिडियो पनि समावेश छ जसले प्रयोगकर्ताहरूलाई मोशन भिडियो खिच्न सहयोग गर्छ । यसका साथै, भिडियोहरूको लागि फेस ब्यूटी र स्मार्ट सम्पादन जस्ता सुविधाहरूले अझ सुन्दर शटहरु लिन सकिन्छ । यसमा आई अटोफोकस पनि छ जसले उत्कृष्ट पोट्र्रेट खिच्न सकिन्छ । वाई३३एसमा सुपर एचडीआरले रङहरूलाई मिलाउने र छायाहरूमा विवरणहरू सार्प बनाउँछ । स्मार्टफोनमा एचडी गुणस्तरको उत्कृष्ट सेल्फीहरूका लागि १६ एमपी फ्रन्ट क्यामेरा छ जसले प्रयोगकर्ताहरूलाई दिनभर विश्वस्त र रेडियन्ट तस्वीर लिन मद्दत गर्दछ । फ्रन्ट क्यामेराको इनबिल्ट मल्टि–स्टाइल पोट्र्रेटलाई धन्यवाद जसले प्रयोगकर्ताको मुड वा पोशाक अनुरूप शैलीहरूको चयन गर्न सक्छन् । फेस ब्यूटी र बोकेह जस्ता सुविधाहरूले सजिलै आकर्षक, ग्लैमरस र प्राकृतिक लुक प्राप्त गर्दछ ।

२) प्रिमियम डिजाइनः वाई३३एसले विलासी र प्रिमियम अनुभूतिको साथ स्लिम र ट्रेंडी डिजाइन प्रदान गर्दछ । यो १८२ ग्राम तौल भएको उपकरण हलुका छ र बोक्दा आरामदायी अनुमति दिन्छ । क्यामेरा अलाइनमेन्टमा भिभोको डुअल टोन स्टेपले यसको सुन्दरतालाई अझ बढाउँछ । यो स्मार्टफोनले दुईवटा रंगहरू उपलब्ध छन्ः
मिरर ब्ल्याकः पछिल्लो डबल लेयर कोटिंग प्रविधिले यसको कालो रंगमा चमक थप्छ । यसलाई हेर्दा प्रकाश, छाया, टेक्सचर र अनन्त चमकभित्र लुकेको संसार पत्ता लगाउन सकिन्छ ।

मिडडे ड्रीमः ओरेन्ज र ब्लू ढाँचाको एक आकर्षक चमकमा आधारित मिडडे ड्रीममा एजी टेक्सचरको अनुभूति गर्न सकिन्छ । यसमा लिक्विड क्रिस्टल कोटिंगले स्मूथनेस थप्छ र फोनलाई फिंगरप्रिन्टरहित .बनाउँछ । वाई३३एसको साइड पावर बटन आफैमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनि हो । यसमा फोन अनलक गर्न फेस वेक पनि छ ।
३) ब्याट्री ब्याकअपः वाई३३एस मा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ जसले उपभोक्ताको सबै ब्याट्रीसंग सम्बन्धित समस्याहरूलाई समाधान गर्छ । स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरू छन्ः ५०००एमएएच (टाइप) ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन । यिनीहरूको मद्दतले, प्रयोगकर्ताले ठूलो ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको मजा लिन फोनलाई छिटो चार्ज गर्न सक्छन् । स्मार्टफोनमा रिभर्स चार्जिङ सुविधा पनि छ जसले फोनलाई मोबाइल पावर बैंकमा परिणत गर्छ र अन–द–गो हुने उपभोक्ताहरूका लागि उपयोगी उपकरण बनाउँछ ।

४) विशाल स्टोरेजः यस स्मार्टफोन ८जीबी र्याम छ जुन एक्सटेन्डेड र्याम २.० को साथ आउँछ र रोमको निष्क्रिय स्पेस प्रयोग गरेर ४जीबीसम्म विस्तार गर्न अनुमति दिन्छ र एपहरुबीच स्विच गर्दा सहज र ल्याग मुक्त बनाउँछ ।

५) उत्कृष्ट डिस्प्लेः यस स्मार्टफोनमा ६.५८ इन्च एफएचडी प्लस इन–सेल डिस्प्ले छ जसले उज्यालो रङहरू र जीवन्त विवरणहरू प्रदान गर्दछ । यस फोनले समग्रमा निर्बाध र उत्कृष्ट अनुभव प्रदान गर्छ र गेम खेल्दा होस् वा चलचित्र हेर्दा होस् निर्विवाद स्पष्टता प्रदान गर्दछ । यसको बिल्ट–इन ब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा प्रदान गर्दछ । उत्कृष्ट डिजाइन, क्यामेरा सेटअप, शक्तिशाली ब्याट्री र स्टोरेजले वाई३३एस लाई मिड–रेन्ज सेगमेन्टमा उच्च रोजाइको स्मार्टफोन बनाउँछ । वाई३३एस रु २९,९९९ मा देशभर उपलब्ध छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी