×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारको ४/१२ व्यवस्था तत्काल हटाउनु हुँदैन, अध्ययन विना नीतिहरु लागु गर्न खोजिँदैछ’ : संसद भट्टराई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सेयर बजारको ४/१२ व्यवस्था तत्काल हटाउनु हुँदैन, अध्ययन विना नीतिहरु लागु गर्न खोजिँदैछ’ : संसद भट्टराई

Artha Sarokar

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले सेयर बजारको ४/१२ व्यवस्था तत्काल हटाउन नहुने बताएका छन् । संसदको छलफलमा बोल्दै पूर्व मन्त्री भट्टराईले अध्ययन विना ४/१२ को व्यवस्था हटाउन नहुने बताएका हुन् ।

यस्तै उनले असार १ गतेदेखि सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याउन लागिएको र त्यस्तो नगर्न पनि सरकारसमक्ष आग्रह गरेको छ । त्यसरी जोखिम भार बढाउँदा सेयर बजारमा जोखिम ल्याउने बताएका छन् ।

बैंक तथा वित्तिय संस्थाहरु मर्ज तथा एक्विजिशनमा जाँदा धेरै महिनासम्म सेयर कारोबार रोकिने काम पनि बन्द गर्न पनि सरकारसमक्ष आग्रह गरेको छ । यस्तै उनले ३ वर्ष अघि डेपुटी गभर्नरको संयोजकत्वको समितिले तयार पारेको समितिको प्रतिवेदन कार्यान्वयन नगरि पुँजी बजार सुधार सम्बन्धी समिति बनाउनु पनि गलत भएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी