काभ्रे । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताएका छन् । श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरित हुने उनको भनाई छ । बजेटले श्रम सहकारीमार्फत १० करोड सम्मको ठेक्का लिन पाउने व्यवस्थाले सहकारी अभियानलाई नै पछि धकेल्न सक्ने संकेत उनले गरे । सहकारीले सदस्यबीच सहकार्य गरी उनीहरुकै आर्थिक, सामाजिक उत्थानका लागि काम गर्ने भन्दै उनले भने – ‘सदस्यले ज्यालामा काम गर्दैन श्रमको माध्यमबाट आर्थिक स्तर माथि उकास्छन् । तर श्रम, ज्याला र ठेक्कामा काम गर्ने सहकारी कस्तो हुन्छन् ? उनले प्रश्न गरे । त्यस्ता संस्था मिनी ठेकेदार मात्रै हुन् ।’
जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको आयोजनामा सुरु भएको व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खतिवडाले श्रमिक वर्ग एकआपसमा मिलेर पूँजी निर्माण गरी आयआर्जनको काम गरे मात्र त्यो श्रम सहकारी हुने बताए । यसका लागि अरु कुनै नाम दिइराख्न नपर्ने उनले जनाए । सहकारीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य सहकारीले समुदायसँग सहकार्य गरेर आधारभुत स्वास्थ्य सेवा र शिक्षा सहकारीले शिक्षाको व्यापारिकरणलाई न्युनिकरण गर्न कम मुनाफामा काम गर्न सके त्योभन्दा उत्तम केही नहुने उनले बताए ।
वर्तमान तरलता संकटको समस्या तत्काल समाधान नहुने उनले उल्लेख गरे । अस्वभाविक क्षेत्रमा लगानी बढेको हुँदा तरलता समस्या आएको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताए । उनले पूँजीगत पलायन, हुण्डी कारोबार एवं व्यापारमा हुने विचलनलाई रोक्न नसके तरलता समस्या हल नहुने जनाए । अहिले प्रणालीमा नै समस्या रहेकाले बैंक, वित्त र सहकारी संस्थामा एउटै समस्या आएको छ । उनले थपे – ‘कोरोनालाई मात्र जोडेर तरलता समस्याको विश्लेषण गर्न नमिल्ने भन्दै विवेकपूर्ण तरिकाले लगानी नगर्दा समस्या आएको हो ।’
‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नारासहित सुरु भएको गोष्ठीमा जिल्लाका १२९ जना व्यवस्थापन प्रमुख तथा अधिकृतहरुको उपस्थिति रहेको संघका सिइओ ज्ञानेन्द्र दहालले बताएका छन् । कार्यक्रममा उनले काभ्रेको सहकारी अभियान र थिमका बारेमा प्रस्तुतिकरण गरेका थिए । दुई दिने गोष्ठीको पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौलाले प्रस्तुतिकरण गर्ने, राष्टिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोकाले, प्रभावकारी ऋण असुली विषयमा प्रकाश पोखरेलले र सहकारीमा मोबाइल बैंकिङ विषयमा सन्जय महासेठले प्रस्तुति गर्ने तालिका रहेको छ ।
जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिय सहकारी महासंघका सञ्चालक डि.बी. बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, राष्टिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमति प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ, काभ्रेका सल्लाहकारहरु टिकाबल्लभ सापकोटा, विनोद पराजुली, मुकुन्दप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, काभ्रेका अध्यक्ष विधान जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम भोलीसम्म सञ्चालन हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्