काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड पाचौँ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले आफ्नो प्रधान कार्यालयमा रक्तदान गरी बार्षिकोत्सव मनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीको कर्मचारी र आगन्तुकले रक्तदान गरेका छन् । ४ बर्षसम्म खासै गतिलो काम केहि गर्न नसकेपछि कम्पनीले ठुलै सफलता पाएझैं गरेर केकसमेत काटी आफ्नो बार्षिकोत्सव मनाएको छ ।
इन्साइडर प्रकरणले बदनाम बन्यो कम्पनी !
कम्पनी सुरुवात भएदेखि नै कम्पनीको पर्फर्मेन्स एकदम कमजोर थियो । यतिसम्म कि कम्पनीले सुरुवाती दिनहरुमै स्टाफसँग सम्बन्धित विभिन्न लफडाहरु व्यहोर्नुपर्यो । कम्पनीको आन्तरिक लेखापरिक्षणका क्रममा पनि सार्है नमीठा कैफियतहरु देखिएपछि यो तालले कम्पनी धेरै राम्रो हुँदैन भन्ने हिसाबकिताब त्यतिबेला नै भईसकेको थियो । पछि कम्पनीको इन्साइडर प्रकरण बाहिर आयो । कम्पनीका संचालक र सीइओ कुमार बहादुर खत्रीको मिलेमतोमा कम्पनीका सार्है आन्तरिक सूचनाहरु चुहाएर सेयर बजारमा चलखेल गरेको भन्दै कम्पनीविरुद्ध सीआइबीमा उजुरी परेको थियो । सीआइबीमा उजुरी परेछी सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि यस विषयमा छानविनका लागि समिति बनायो । तर समितिको प्रतिवेदन गोप्य राखियो ।

पछि बजारमा चर्चा आयो – ‘३ करोड रुपैयाँ घुस बुझाएर सो प्रकरण सल्टाउन स्वयम् कम्पनीले धितोपत्र बोर्डसँग डिल गर्यो ।’ यो प्रकरण अहिले अख्तियारमा विचाराधीन छ । यहि इन्साइडर प्रकरण सल्टाउन मुख्य भूमिका खेलेको भन्दै अजोडका सीइओ कुमार बहादुर खत्रीलाई पुन: सीइओमा नियुक्त गरिएको चर्चा पनि छ । तर घुस काण्डमा मुछिएपछि यस विषयमा अजोडका सीइओ खत्री कुनै पनि प्रतिक्रिया दिन तयार छैनन् । यो समाचार तयार गर्दासमेत हामीले उनलाई फोन सम्पर्क गर्यौं तर उनले हामीसँग कुरा गर्न नै चाहेनन् । चाहुन् पनि कसरी, उनीसँग बाहिर उठेका प्रश्नको सटिक जवाफ नै छैन ।

घुस काण्डले गिजोलिएको ब्राण्ड !
मनपरी गर्ने, अनि घुस खुवाएर चोखिने प्रवृति अजोडले अंगालेको छ भन्ने शंका र विश्लेषण बजारमा छ । कम्पनीका संचालकले घुस खुवाएर इन्साइडर प्रकरण मिलाउन खोजेको तथ्यबारे सार्वजनिक रुपमा प्रश्न उठ्दा पनि यसको जवाफ नदिनु, भित्री कारोबारको प्रतिवेदन धितोपत्र बोर्डले लुकाउनु, अख्तियारमा पुगेको घुस काण्डको फाइल विचाराधीन रहनु र घुस काण्डमा मुछिएका सीइओलाई नै पुन: सीइओमा नियुक्ति दिइनुले कम्पनी भित्रभित्रै कसरी गिजोलिएको छ भन्ने तथ्यलाई पुष्टी गर्ने जानकारहरु बताउँछन् । अर्कोतर्फ कोरोना बीमाले पनि यो बीमा कम्पनीलाई नमज्जासँग बदनाम गरेको छ । यो कम्पनीले कोरोना बीमा वापत करोडौं रुपैयाँ अझै पनि बीमीतलाई भुक्तानी दिएको छैन । यहि कारण देशभर रहेका कम्पनीका साखाका धेरै कर्मचारीहरुलाई ग्राहकले गर्ने व्यवहार नै परिवर्तन भएको छ । र त काठमाडौँभन्दा बाहिर यो कम्पनीलाई बिजनेश गरेर कमाउने भन्दा पनि भित्री कारोबार गरेर कमाउने कम्पनीका रुपमा धेरैले चर्चा गर्ने गरेका छन् ।

बीमितलाई भुक्तानी नदिएको आरोप, बीमा समितिमा मुद्धा र गुनासाका चाङ्ग !
कम्पनी विशेषगरी प्रदेश नम्बर १ मा धेरै नै बदनाम छ । श्री शान्ति कोल्ड स्टोर नामक कम्पनीले सयौं किशानको आलुको बिउ भण्डार गर्दा गरेको बीमाको रकम सो बिउमा क्षति हुँदा पनि कम्पनीले बीमा रकम नदिएपछि अहिले पूर्वका किसानहरु ‘दुश्मनले पनि अजोड’मा बीमा नगरोस् भनिरहेका छन् । यहि विषयमा अहिले शान्ति कोल्ड स्टोरले बीमा समितिमा कम्पनीले आफुलाई सबै प्रक्रिया पूरा गर्दा पनि बीमावापतको रकम भुक्तान नगरेको, र अनावश्यक दुख दिई आफ्नो कामलाई नै प्रभावित पारेको भन्दै उजुरी गरेको छ भने समितिले दुई पक्षलाई राखी कुरा गर्दा पनि कम्पनीले रकम भुक्तान गर्न नमानेपछि अहिले यो केस समितिको बोर्डमा पुगेको छ । तर यहि काण्ड घट्दै गरेका समयमा कम्पनीका सीइओ खत्री भने बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसँग विभिन्न ठाउँमा घुमेको तस्विर राखेर आफ्नो पावर प्रदर्शन गरिरहेको चर्चा नेपाली बीमा क्षेत्रमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्