काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बजारमा पठाइएको पैसा बैंकमा नफर्किएको बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी कार्यक्रममा बोल्दै उनले विगत ३ वर्षमा २० खर्बभन्दा बढी पैसा बजारमा पठाएको तर त्यो पैसा बैंकमा नफर्किएको बताएका हुन् ।
श्रोत व्यवस्थापन गर्न नसक्दा अहिलेको समस्या आएको उनले बताएका छन् । मागभन्दा आपूर्ति कमजोर भएर यस्तो समस्या आएको उनको तर्क छ । विशेषगरी श्रोत व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताएका छन् । अहिलेको मूल्यवृद्धि स्वभाविक रहेको उनको ठहर छ ।
कार्यक्रममा बोल्दै उनि भन्छन् ‘विगत ३ वर्षमा २० खर्बभन्दा बढी पैसा हामीले बजारमा पठायौँ तर त्यो पसा बैंकमा फर्किएन । ६ प्रतिशतको मुद्दति निक्षेपको ब्याजलाई हामीले १२ प्रतिशत पुर्यायौँ । अनि महँगी त बढीहाल्छ नी ! ब्याजदर बजारले निर्धारण गर्नुपर्छ ।’ ब्याजदर बजारले निर्धारण गर्नुपर्ने उनको धारणा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्