काठमाडौँ । अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्करलाई तत्काल हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । मरासिनी र पुस्करकै मिलेमतोमा सीसीटिभि फुटेज नष्ट गर्ने रिस बढेको भन्दै उनीहरुलाई तत्काल हटाएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दाबीसहित अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, बाबुराम अर्याल, शिशिरकुमार यादव र विना यादवले सर्वोच्चमा रिट हालेका हुन्।
अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, बाबुराम अर्याल, शिशिरकुमार यादव र विना यादवले सार्वजनिक सरोकारको रिट निवेदन दर्ता गरेका हुन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको भनी विवाद भएपछि अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् । उनीमाथि संसदले गठन गरेको विशेष समितिले छानबिन थालेको छ ।
‘(सचिवद्वय)तत्काल बहाल रहेको अवस्थामा सम्बन्धित प्रमाण नष्ट हुन सक्ने भई अनुसन्धानलाई प्रतिकूल असर पर्ने भएकोले निजहरूलाई तत्काल तोकिएको जिम्मेवारीबाट अलग गरी अनुसन्धानलाई सघाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरीपाउँ ।’ निवेदनमा भनिएको छ- ‘सिंहदरवार जस्तो सरकारको संवेदनशील सूचना संचय हुने निकायको सीसीटीभी क्यामेरा र त्यसको डाटा सञ्चय क्षमताले प्रचलित कानुनलाई उलंघन त गरेको छ नै, राष्ट्रसेवकहरूले कानुन विपरीत गोप्य सूचनामा कसरी छेडखानी समेत गर्न सक्दा रहेछन् भन्ने समेत उजागर भएको छ । बजेट निर्माणमा भएको अख्तियार दुरुपयोगको दोष मेटाउन मुख्य प्रमाण मेटाउने छलकपट गरेको प्रष्ट छ ।’
बिहीबार दर्ता भएको उक्त रिट निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्