×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलेट प्रकरणबारे संसदमा ओलीले सरकारसँग जवाफ माग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलेट प्रकरणबारे संसदमा ओलीले सरकारसँग जवाफ माग्ने

Artha Sarokar

२० असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार संसदमा सीसीटीभी फुटेज डिलेट प्रकरणबारे सरकारसँग जवाफ माग्ने भएका छन् । अपराह्न १ बजे बस्ने संसद बैठकमा ओलीले सम्बोधन  गर्दै सरकारसँग यस विषयमा जवाफ माग गर्ने भएका हुन् । अर्थ  मन्त्रालयले कार्यविधि विपरित सीसीटीभी फुटेज डिलिट गरेकोबारे अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने भएका हुन् । यसमा अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाइन हुने जनाइएको छ ।

बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज ‘डिलिट’ भएको भन्दै मन्त्रालयमा यस विषयमा सूचना माग गरिएको थियो । तर सीसीटिभी फुटेज बढीमा १३ दिनसम्मको मात्रै अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने अर्थको दाबी छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेलले गत वर्ष प्रतिस्थापन बजेट आउनु अघिल्लो दिन भदौ २४ गते राति ११ देखि २५ गते बिहान ६ बजेसम्मको र यो वर्षको जेठ १४ गते बेलुका ६ देखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेजको माग गरेर असार १४ गते निवेदन दिएका थिए । अर्थमन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई जेठ १४ गते राती मन्त्रालयमा बोलाएर आफ्नो तर्फबाट भन्दै करका दर परिवर्तन गराएको आरोप लाग्दै आएको छ ।

यता नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसिटिभी फुटेज डिलेट हुनुले अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप प्रमाणित भएको भन्दै उनिबिरुद्द मुद्दा चलाउनुपर्ने माग गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत प्रतिकृया दिंदै भट्टराईले सिसिटिभी फुटेज डिलिट भयो भन्ने जवाफले अर्थमन्त्री शर्मामाथि करका दर हेरफेर गरेको आरोप पुष्टी भएको दाबी गरेका छन् ।

‘सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नु पर्छ भन्ने कानुनको वाध्यकारी व्यवस्थाको बर्खिलाप गर्ने अर्थ मन्त्रालयका कर्मचारीमाथि राजश्वका दर हेरफेर गर्ने मतियारका रुपमा कार्वाही हुनुपर्दछ। भट्टराईले लेखेका छन्- ‘अनाधिकृत व्यक्तिहरुमार्फत अर्थमन्त्रीले सेटिङमा करका दर हेरफेर गरेको प्रमाणित भएको स्पस्ट हुन्छ । अर्थमन्त्रीले रजिनामा गर्नुपर्ने कुराको थप पुष्टी भएको छ । अव अर्थमन्त्रीमाथि नितीगत भ्रष्टाचारमा अख्तियारले छानविन गरी मुद्धा चलाउनुपर्छ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी