Skip to content
LAXMI SUNRISE BANK

कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई ल्याइयो उपचारका लागि काठमाडौं

अर्थ सरोकार

काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ । फोक्सो र घाँटीको समस्याबाट ग्रस्त मन्त्री विष्टको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए । दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK